फाइल तस्वीर

ब्रेकिङ स्टोरी

एमाले केन्द्रिय सदस्यबाट दुर्गा प्रसाईँ बर्खास्त

By खबरहब

February 25, 2023

काठमाडौं– नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई बर्खास्त गरेको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईँलाई बर्खास्त गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बाले जानकारी दिए । 

केही हप्ता अघि पार्टीको नीति र उद्देश्य विपरित झापामा पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारका सदस्यलाई आमन्त्रण गरेर छुट्टै अभियान सुरुवात घोषणा गरेको दुई साता पछि प्रसाईँलाई बर्खास्त भएका हुन ।

राजतन्त्र र हिन्दु राज्यको वकालत गर्दै देशव्यापी अभियान सुरू गरे पछि गत साता एमाले प्रदेश १ कमिटीले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । सो सिफारिस अनुसार आज प्रसादलाई बर्खास्त गरिएको हो ।