ब्रेकिङ स्टोरी

राप्रपाले बुझायो प्रधानमन्त्रीलाई राजिनामा पत्र

By खबरहब

February 25, 2023

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर राप्रपाले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी गराउँदै राजिनामा बुझाएको हो ।

राप्रपाबाट प्रचण्ड सरकारमा उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंह रहेका थिए ।