राजनीति

नेसपाले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार पौडेललाई मत दिने

By खबरहब

February 25, 2023

काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएको छ ।

नेसपाको आज बसेको पदाधिकारी बैठकले आगामी फागुन २५ गते हुने निर्वाचनमा कांग्रेसका उम्मेदवार पौडेललाई मत दिन  निर्णय गरेको सो पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख विश्वद्वीप पाण्डेले जानकारी दिए। कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने  निर्णय गरेको थियो ।

यस्तै नेसपाले राष्ट्रपति निर्वाचनका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने  निर्णय पनि गरेको छ ।