फाइल फोटो

राजनीति

सांसद रहमानको निधनप्रति प्रधानमन्त्रीद्वारा दुख व्यक्त

By खबरहब

February 25, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको निधनप्रति दुख व्यक्त गरेका छन् । उनले लामाजीको सञ्जालमार्फत रहमानको असामयिक निधनप्रति दुख व्यक्त गरेका हुन् । 

‘प्रतिनिधिसभाका माननीय सदस्य सहनाज रहमानको ६४ वर्षको उमेरमा भएको असामयिक निधनप्रति दुख व्यक्त गर्दछु। माननीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु,’ उनले भनेका छन् ।

रहमानको हृदयघातका कारण भक्तपुरको मध्यपुर अस्पतालमा आज निधन भएको थियो । भक्तपुरको घ्याम्पेडाँडामा पिकनिक गएका बेला एक्कासि ढलेकी सांसद रहमानको उपचारका क्रममा निधन भएको हो ।