फाइल तस्वीर

क्रिकेट

कुवेतमाथि नेपालको सानदार जित

By खबरहब

February 25, 2023

काठमाडौं– ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले आइसिसी यू-१९ एसिया कप छनोटमा कुवेतमाथि २ सय ४३ रनको विशाल जित हात पारेको छ। 

ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले सानदार जित निकालेको हो । लगातार दोस्रो जितसँगै नेपालले २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ ।

नेपालले फागुन १६ मा मलेसियासँग खेल्नेछ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८ मा खेल्नेछ । यू-१९ को खेलहरु इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुनेछन् ।