खेलकुद

दोस्रो भक्तपुर कप फुटबलको उपाधि हिलिङ होमलाई

By खबरहब

February 25, 2023

भक्तपुर– दोस्रो भक्तपुर कप-२०७९ हिलिङ होम एफसीले जितेको छ । हिलिङ होम एफसी र केदारनाथ सुटर्सबीच शनिबार भएको फाइनलमा ५-४ गोलले हिलिङ होम एफसी विजेता बनेको हो ।

निर्धारित समयसम्म दुवै टीमले दुई दुई गोल गरी खेल बराबरीमा टुंगिएको थियो । पेनाल्टी सुट आउटमा हिलिङ होम एफसीले तीन गोल गर्न सफल भई विजय हात पारेको थियो । भक्तपुर युवा टिमको आयोजनामा भएको फाइनल खेलमा पहिलो गोल विजेता हिलिङ होम देवराज तामाङले गरेका थिए ।

खेल सुरु भएको सातौ मिनेटमै गोल गरेकामा जबाफी गोल पराजित केदारनाथ सुटर्सले खेल सुरु भएको ३४ औं मिनेटमा फर्काएका थियो । सुदर्शन श्रेष्ठले गोल फकाई खेललाई बराबरीमा ल्याउन सफल भएको थियो ।

खेलको ४३ औ। मिनेटमा विजेता हिलिङ होम एफसीका देवराज तामाङले दोश्रो गोल गरी टिमलाई अगाडि बढाएका थिए । जबाफी गोल खेलको ६६ औ मिनेटमा पराजित केदारनाथ सुटर्सका सतिश सुवालले गरेपछि खेल बराबरीमा टुंगियो ।

प्रतियोगितामा विजयी हुन सफल हिलिङ होम एफसीले नगद पुरस्कार एक लाख २५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाए भने दोश्रो हुन सफल केदारनाथ सुटर्सले नगद ६० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । 

उनीहरु सवैलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंलगायतका अतिथिहरूले पुरस्कार वितरण गरेका थिए ।