फाइल फोटो

देश/प्रदेश

मैले हार मान्दिनँ : बालेन

By खबरहब

February 25, 2023

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफू अटल , अजर , अडिग र निडर भएको बताएका छन् । शनिबार साँझ बालेनले फेसबुकमा पोष्ट गर्दै यस्तो बताएका हुन् ।

दिउँसो सामाजिक सञ्जालमार्फत आफूलाई मेयर पदबाट राजीनामा गर्न लगाउन खोज्नेहरु रहेको भन्दै यो देश कहिल्यै नबन्ने टिप्पणी गरेका थिए । साँझ गरेको पोष्टमा राजीनामा गराउन कसैले नि नसक्ने आशय व्यक्त गरेका छन् ।

‘अटल , अजर , अडिग ,निडर । कसैले नि सक्दैन । आई डन्ट गिभ अप (मैले हार मान्दिनँ)’, उनले उल्लेख गरेका छन् ।