फाइल तस्वीर

ब्रेकिङ स्टोरी

बागमती प्रदेशमा राप्रपा सरकारबाट बाहिरियो

By खबरहब

February 25, 2023

काठमाडौँ – बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले आज साँझ ८ः०० मा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष उनको निवासमा संयुक्तरूपमा राजीनामा बझाएका हुन् ।

उनले पार्टीको निर्णयानुसार भन्दै राजीनामा दिइएको बताए । मुख्यमन्त्री निवासमा राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले पनि राजीनामा दिएका छन् ।