देश/प्रदेश

प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौ जना उच्च प्रहरी अधिकारीको अवकाश

By खबरहब

March 25, 2023

काठमाडौं- नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च प्रहरी अधिकारीले एकै पटक अवकाश पाएका छन्। तीस वर्ष सेवा अवधि पूरा गरेका महानिरिक्षक सिंहसहितका उच्च अधिकारीलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रममार्फत शुक्रबार साँझ बिदाइ गरिएको हो।

नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उनीहरुको सामूहिक बिदाइ गरेका हुन।यसरी अवकास पाउनेमा प्रहरी महानिरीक्षक सिंहसँगै प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षकहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उमाशंकर पन्जियार र जनकराज पाण्डेलगायत रहेका छन्।