सांकेतिक तस्वीर

शिक्षा

बालबालिकालाई अंग्रेजी सिकाउन विदेशी बोलाइयो

By खबरहब

March 25, 2023

तुलसीपुर- दाङ तुलसीपुरस्थित दिदी घरमा आश्रय लिएका बालबालिकालाई डेनमार्कका नागरिकले अङ्ग्रेजी सिकाउन थालेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१३ बखरियास्थित ‘बोइज शाखा’मा दुई जना डेनमार्कका नागरिक ल्याएर बालबालिकालाई अङ्ग्रेजी सिकाउन थालिएको संस्थाका अध्यक्ष स्यानी चौधरीले बताइन्। “ बालबालिकाको अङ्ग्रेजी शिक्षा राम्रो बनाउन मैले डेनमार्कबाट दुई जनालाई बोलाएकी हुँ”, उनले भनिन्, “उहाँहरु दुई महिना बसेर शिक्षा दिनुहुनेछ ।”

अहिले संस्थाले १० छात्रलाई बखरियामा राखेको छ भने तुलसीपुर–६ डुम्रीगाउँमा २२ छात्रालाई राखिएको छ । थोमस र एडमले बालबालिकालाई शिक्षा दिइरहेका छन्। उक्त संस्थाले साहाराविहीन बालबालिकालाई आश्रय दिइरहेको छ ।