फाइल तस्बिर

समाचार

काठमाडौँमा नदीकिनारका अनधिकृत संरचना हटाउन ७ दिने अल्टिमेटम

By खबरहब

March 25, 2023

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ।

नदी किनार तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र नहटाएमा प्रचलित कानुन बमोजिम हटाइने र सोको खर्च सम्बन्धित पक्षसँगै असुल उपर गर्ने महानगरपालिकाले शनिबार जारी गरेको सूचनामा उल्लेख छ ।

महानगरले नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल अन्यत्र सार्न भनेको हो।

यसअघि महानगरले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन लागेको थियो।