समाचार

धनुषामा एक आपसमा ट्रक ठोक्किँदा तीनको मृत्यु

By खबरहब

March 25, 2023

धनुषा – धनुषामा एकापसमा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–३ हरिहरपुरमा ट्रक एक आपसमा ठोक्किँदा तीनको मृत्यु भएको छ भने एकजना घाइते हुन पुगेका छन् ।

ना.६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १. ०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार सो ट्रकमा सवार अर्का एकजनालाई घाइते अवस्थामा उद्धार गरिएको छ, घाइतेको ढल्केवर हस्पिटलमा उपचार भइरहेको छ । मृतकको अझै पहिचान खुल्न सकेको छैन ।