फाइल फोटो

देश/प्रदेश

स्याउलेमा ‘एक घर एक धारा’ योजना सम्पन्न

By खबरहब

March 25, 2023

चौतारा- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउलेमा ‘एक घर एक धारा’ योजना सम्पन्न भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाको पाँच लाख रुपैयाँ आर्थिक सहयोग र स्याउले वडा स्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्राविधिक सहयोगमा एक सय ६८ घरधुरीसहित एक विद्यालयमा धारा जडान गरिएको छ  ।

स्याउलेदेखि गुन्ससम्मका सबै घरधुरीमा स्वच्छ खानेपानीको पहुँच पुगेपछि नगरप्रमुख कृष्णप्रसाद सापकोटाले एक कार्यक्रमबीच ‘एक घर एक धारा’को उद्घाटन गर्दै समुदायलाई हस्तान्तरण गरे। प्रमुख सापकोटाले नगरवासीलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्‍याउन आफूले गरेको सङ्कल्पको सुरुआत स्याउलेबाट भएको बताए ।

पूर्व सांसद एवम् जुगलथालखर्क होल्चे खानेपानी समितिका अध्यक्ष सुवास कर्माचार्यले एक घर एक धारा अभियानले सामुदायिक धारामा हुने घुइँचो र विवादको अन्त्य भएकामा खुसी व्यक्त गरे ।