ब्रेकिङ स्टोरी

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

By खबरहब

March 25, 2023

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

मन्त्रिपरिषद विस्तार लगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक डाकिएको हो ।

बैठकमा मन्त्रिपरिषद विस्तार र पार्टीले प्राप्त गर्ने मन्त्रालयलगायतका विषयमा छलफल हुने बताइएको छ ।