सांकेतिक तस्बिर

देश/प्रदेश

बाजुरामा विद्यालयको पर्खाल भत्किँदा बालकको मृत्यु

By खबरहब

March 25, 2023

काठमाडौँ- बाजुरामा विद्यालयको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ ।

जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ को खापर मष्टेश्वरी आधारभूत विद्यालयमा बिहीबार परिक्षा दिएर घर फर्किने बेला पर्खाल भत्किएर घाइते भएका कक्षा २ मा अध्ययनरत ७ वर्षीय बालक कपिल विकको मृत्यु भएको हो ।

उपचारका लागि धनगढी लैजाने क्रममा मार्तडी जिल्ला अस्पताल पुग्न नपाउँदै बाउली खोला नजिकै बालकको मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्ररीले जनाएको छ ।