तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

भारतको मणिपुरमा जिरिबम–इम्फाल रेलमार्ग परियोजनाको काम तीव्र गतिमा अघि बढ्दै

By खबरहब

March 25, 2023

काठमाडौँ- उत्तरपूर्वी भारतको मणिपुर राज्यको राजधानी इम्फाललाई मुलुकका अन्य भागसँग जोड्ने जिरिबम–इम्फाल रेलमार्ग परियोजनाको कामले तीव्रता पाएको छ ।

उत्तरपूर्वी भारतमा कनेक्टिभिटीलाई थप विस्तार गर्ने उद्देश्यका साथ यस रेलमार्गको निर्माण थालिएको हो । परियोजनामा ११ रेलवे स्टेशनहरू निर्माण गर्ने लक्ष्य राखिएको छ ।

तीमध्ये ६ वटा स्टेशनको सम्पन्न भइसकेको भारतबाट प्रकाशित हुने नर्थइस्ट विकलीले उल्लेख गरेको छ । यस परियोजनाको अनुमानित लागत करिब १ खर्ब ४३ अर्ब २२ करोड भारतीय रुपैयाँ रहेको छ ।

यस रेलमार्ग सन् २०२३ कोे डिसेम्बर महिनासम्म सम्पन्न भइसक्ने बताइएको छ । यस रेलमार्गको लम्बाई ११० किलोमिटर रहेको छ ।

यस रेलमार्गमा ५२ वटा सुरुङको निर्माण हुने भारतीय अधिकारीले जनाएका छन् । यस रेलमार्ग निर्माणका लागि इतिहासमै पहिलो पटक ‘भर्टिकल साफ्ट’ प्रविधि अपनाइएको अधिकारीले जानकारी दिएका छन् ।