तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

केन्यामा चिनियाँ व्यवसायीविरुद्ध स्थानीयको प्रदर्शन

By खबरहब

March 25, 2023

काठमाडौँ- अफ्रिकी मुलुक केन्यामा चिनियाँ व्यवसायीविरुद्ध स्थानीय व्यापारीले प्रदर्शन गरेका छन् । ‘चाइनिज मस्ट गो’ नारा लगाउँदै हजारौँ स्थानीय व्यापारीले सडकमा प्रदर्शन गरेका हुन् ।

चिनियाँ व्यवसायी र कम्पनीले सबै किसिमका रणनीति अपनाएर स्थानीय व्यापारीलाई विस्थापित बनाउन खोजेको प्रदर्शनकारीको आरोप छ । प्रदर्शनका क्रममा प्रदर्शनकारीले राजधानी नैरोबीमा रहेका मुख्य सडकमा नाराबाजी गरेका थिए ।

केन्याका बजारमा चिनियाँ व्यवसायीले आफ्ना सामान ४५ प्रतिशतसम्म सस्तोमा बिक्री गरिरहेको बताइएको छ । जसका कारण स्थानीय व्यापारीहरुले ठूलो नोक्सानी ब्यहोर्नु परेको छ ।