देश/प्रदेश

रवि लामिछाने जितनारायण भन्दा २९ हजार मतले अगाडि

By खबरहब

April 25, 2023

काठमाडौं – प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत चितवन–२ मा जारी मतगणनामा रास्वापाका रवि लामिछानेले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार लामिछाने २९ हजार १० मतले अगाडि छन् ।

उनले ३६ हजार १५८ मत प्राप्त गर्दा कांग्रेसका जितनारायणले सात हजार १४८ मत पाएका छन् । एमालेका रामप्रसाद न्यौपानेले छ हजार ६५१ मत पाएका छन् । यहाँ रास्वपा सभापतिसमेत रहेका लामिछानेको जित निश्चित देखिएको छ ।