ब्रेकिङ स्टोरी

कांग्रेस संसदीय दलको बैठक बस्दै

By खबरहब

April 25, 2023

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बानेश्वरस्थित संसद् भवनमा आज पनि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक १० बजेका लागि बोलाइएको छ ।

मुख्यतः बजेटको विषयमा छलफल गर्नका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक हिजो देखी सुरु भएको हो । पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवालगायतले बोले पनि बैठकमा धारणा राख्नका लागि अझै पनि सांसद बाँकी रहे पछि आज पनि बैठक बोलाइएको हो ।  

आर्थिक बर्ष २०८०-८१ को बजेट आगामी जेठ १५ गते घोषणा हुँदैछ ।