ब्रेकिङ स्टोरी

बारामा-२ मा ९ हजार ८७० मतका साथ उपेन्द्र यादवको अग्रता कायमै

By खबरहब

April 25, 2023

काठमाडौं– बारा क्षेत्रनम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव तीन हजार ९९ मत अन्तरले अगाडी रहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार यादवले ९८७० मत ल्याएका छन् । त्यसैगरी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६७७१ मतप्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३७०० मत पाएका छन् । त्यसैगरी रास्वपाका रमेशप्रसाद खरेलले ११७४ मत ल्याएका छन् ।