फाइल फोटो

ब्रेकिङ स्टोरी

सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गछौँ : रवि लामिछाने

By खबरहब

April 25, 2023

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका छन् । 

चितवन क्षेत्र नम्बर २ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा आफ्नो जित सुनिश्चित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सो रास्वपाका उम्मेदवार तथा सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका हुन् । 

सरकारको कार्यशैली चित्त बुझ्दो नरहेको बताएका उनले सरकारसँग वार्ता गर्ने र समर्थनबारे पुनर्विचार गर्ने बताएका हुन् ।

 सरकारमा सहभागी नहुने र सरकारलाई दिएको समर्थनको औचित्य पनि नदेखिएको उनको भनाइ छ ।