ब्रेकिङ स्टोरी

ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त हुने

By खबरहब

April 25, 2023

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त हुने भएको छ ।

प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद रिक्त रहेको जानकारी दिने भएका हुन् ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठमाथि कारवाही गरेको थियो ।

रास्वपाले कारवाही गरेको व्यहोरोसहितको पत्रका आधारमा सभामुखले उनको पद रिक्त भएको जानकारी गराउन लागेका हुन् ।