फाइल फोटो

ब्रेकिङ स्टोरी

प्रतिनिधिसभाको बैठक जारी

By खबरहब

April 25, 2023

काठमाडौँ- प्रतिनिधिसभा बैठक बसिरहेको छ । जारी बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

सूर्यप्रसाद ढकालले बाँकेमा हुने डुबान नियन्त्रणका लागि पहल गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । हालै भएको आगलागीबाट भएको पीडितलाई राहत उपलब्ध गराउन मा गर्दै उनले बाँकेमा हुने डुबान नियन्त्रणका लागि काम नभए आफू संसदमै अनशन बस्ने जानकारी गराए ।

यस्तै हितबहादुर तामाङले नुवाकोट ककनी–२ का श्रीराम ढकाल काठमाडौंको न्युरोडमा कृषि क्षेत्रसँग सम्बन्धित् माग राखेर अनशन बसिरहेको जानकारी गराए ।

यही ५ वैशाखदेखि उनी अनशन बसेको र स्वास्थ्य स्थिति बिग्रिँदै गएकाले घिमिरेको जीवनरक्षाको माग गरे । मनिष झाले नेपालको आकाश असुरक्षित हुनु व्यवस्थापनको कमजोरी केलाउँदै सरकारको ध्यानाकर्षण गराए ।