देश/प्रदेश

पुरानो बसपार्कमा रहेको प्रहरी बिट काठमाडौँ महानगरले भत्कायो

By खबरहब

April 25, 2023

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कमा रहेको प्रहरीको बिट भत्काएको छ ।

आज महानगरपालिकाले काठमाडौँ भ्यू टावर नजिक रहेको पुरानो बसपार्कस्थित सडक पेटीको उक्त बिट हटाएको हो ।

पुरानो बसपार्क क्षेत्रमा रहेको उक्त बिटले सडक र पेटीमा असर गरेकाले त्यस्ता बिट योजनाअनुसार नै महानगरले हटाएको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए ।