फाइल तस्वीर

अन्तर्राष्ट्रिय

बौद्ध संस्कृतिको संरक्षण मात्रै नभई प्रचारप्रसार आवश्यक : भारत अरुणाचलका मुख्यमन्त्री खाँडु

By खबरहब

April 25, 2023

काठमाडौँ- उत्तरपूर्वी भारतको अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाँडुले बौद्ध संस्कृतिको संरक्षण मात्रै नभई प्रचारप्रसार गर्नुपर्ने बताएका छन् ।

अरुणाचलको जेमिथाङमा आयोजित एक बौद्ध सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री खाँडुले आफ्नो राज्यमा ठूलो सङ्ख्यामा बौद्धमार्गीको बसोबास रहेको उल्लेख गरे । राज्यका बौद्धमार्गीले आफ्नो संस्कृति परम्परालाई जोगाएकोमा उनले सन्तोष पनि व्यक्त गरे ।

उनले आफ्नो राज्यमा बौद्धमार्गीका साथै धेरै धर्मावलम्बीको बसोबास रहेको उल्लेख गर्दै सबै धर्मबीच सहअस्तित्व हुनुपर्नेमा जोड लिए । जेमिथाङमा आयोजित उक्त सम्मेलनमा ६ सय जनाको प्रतिनिधित्व रहेको थियो ।

सन् १९५९ मा तिब्बतमाथि चिनियाँ आक्रमणपछि १४ औँ दलाई लामा जेमिथाङ नाकाबाट नै भारत गरेका थिए । सोही कारण यस सम्मेलनलाई निकै महत्वका साथ हेरिएको छ ।