ब्रेकिङ स्टोरी

बारा २ मा साढे १३ हजार मत गन्न बाँकी, उपेन्द्रको अग्रता कायमै

By खबरहब

April 25, 2023

काठमाडौं । आइतबार सम्पन्न भएको बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार जसपाको उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । भने उनका निकटतम प्रतिस्पर्धी शिवचन्द्र कुशवाहले मतान्तर घटाउने प्रयास गरिराखेका छन् ।

अहिलेसम्म यादवले २२ हजार ५५२ मत पाएका छन् । यस्तै, दोस्रो स्थानमा रहेका कुशवाहाले १९ हजार ९२३ मत ल्याएका छन् । यहाँ यादव र कुशवाहाबीच दुई हजार ६२९ मतान्तर रहेको छ । भने अब १३ हजार ५९४ मत गन्न बाँकी छ ।