देश/प्रदेश

बारा-२ मा मतान्तर बढाउँदै यादव

By खबरहब

April 25, 2023

काठमाडौं । आइतबार सम्पन्न भएको बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार जसपाको उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म यादवले २३ हजार २७५ मत पाएका छन् । यस्तै, दोस्रो स्थानमा रहेका शिवचन्द्र कुशवाहाले २० हजार ४२२ मत ल्याएका छन् ।

एमालेका उमेदवार पुरुषोत्तम न्यौपानले ६ हजार ९४१ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का उमेदवार रमेश खरेलले दुई हजार ६३६ मत प्राप्त गरेका छन् ।