फाइल फोटो

देश/प्रदेश

बागमतीमा चल्ने सवारी साधनको भाडा समायोजन

By खबरहब

May 25, 2023

काठमाडौँ– बागमती प्रदेश सरकारले अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन गरेको छ। बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव अस्मान तामाङका अनुसार सवारीमा लाग्ने भाडाको ५ प्रतिशत भाडा घटाइएको हो ।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर घटाएको छ।

उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा बिहीबारबाट लागू हुने गरी ५‍.९० प्रतिशतले घटेको छ । बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारीका साधनमा ५.६९ र यात्रुवाहक बसमा ४.१८ प्रतिशतले भाडा दर घटाउने निर्णय गरिएको छ।

यसअघि बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट गत वर्षको साउन ५ गते नयाँ भाडा दर कायम गरेको थियो।