प्रतीकात्मक तस्वीर ।

देश/प्रदेश

सवारी दुर्घटनामा एकजनाको मृत्यु

By खबरहब

June 25, 2023

हेटौँडा– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

भैँसेबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको । दुर्घटनामा स्कुटरको पछाडी सवार हेटौँडा–१ जरुवाटोलका अमित कपाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्करबाट घाइते भएका कपाडीको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार, ठक्कर दिने टिपर र चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

स्कुटरका चालक सामान्य घाइते भएको र हेटौँडा अस्पतालमा उपचारपश्चात घर फर्किसकेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।