फाइल तस्वीर

खेलकुद

काभा भलिबलमा नेपाल उज्वेकिस्तानसँग पराजित

By खबरहब

June 25, 2023

काठमाडौँ- किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल (काभा) पुरुष भलिबल नेसन्स लिग प्रतियोगिताको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा उज्वेकिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको हो । उज्वेकिस्तानले नेपाललाई पहिलो सेट २५–२१ दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले पराजित गर्‍यो ।

प्रतियोगितामा नेपालको यो लगातार छैटौँ हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग पराजित भएको थियो ।

त्यसैगरी, नेपाल तेस्रो खेलमा इरान, चौथो खेलमा तुर्किमिनिस्तान र पाँचौँ खेलमा आयोजक किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित भएको थियो ।