फाइल तस्बिर

देश/प्रदेश

धार्मिक अनुष्ठानमाथि काठमाडौँ महानगरको अवरोध

By खबरहब

July 25, 2023

काठमाडौँ- काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि अवरोध गरेको छ ।

काठमाडौं महानगरपालिका– ३२ स्थित शंखमूलघाटमा स्थानीयले आयोजना गरेको ‘प्रथम शंखमूल तीर्थ श्रावणी महोत्सव’ मा काठमाडौं महानगरपालिको प्रहरी टोलीले अवरोध गरेको हो ।

गत १ साउनदेखि सञ्चालन भइरहेको महोत्सवमा मंगलबार महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले अनुष्ठान बन्द गर्न आग्रह गरेको हो ।

महानगरपालिकासँग अनुमति नलिई अनुष्ठान गरिएको भन्दै बन्द गराउन महानगर टोली पुगेको हो ।

धार्मिकस्थलमा मात्र धार्मिक कार्यक्रम गर्न नगरप्रहरी प्रमुख पाण्डेले आग्रह गरे भने स्थानीयले पनि सो स्थल धार्मिक स्थल नै भएकाले महोत्सव आयोजना गरेको जवाफ दिए ।