फाइल तस्वीर

राजनीति

केन्द्रीय समितिको निर्णय आएपछि पार्टी विधिसम्मत ढंगले चल्छ : नेता कोइराला

By खबरहब

July 25, 2023

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समितिको निर्णय आएपछि पार्टीलाई विधिसम्मत ढंगले चलाउने बताएका छन् ।

४१ औं बिपी स्मृति सप्ताहको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा डा. कोइरालाले केन्द्रीय समितिमा खुल्ला रुपमा पार्टीका चुनौतीलगायतका विषयमा छलफल भएको भन्दै बैठकको निर्णय आएपछि पार्टीलाई विधिसम्मत ढंगले चलाउने बताएका हुन् ।

उनले पार्टीको केन्द्रीय समितिभित्रको बैठक प्रत्यक्ष प्रसारण गर्दा आफूलाई असहज लागेको पनि बताए । उनले आफू चुनावी गठबन्धनको विपक्षमा रहेपनि अहिलको निर्वाचन प्रणालीमा कुनै दलको बहुमत आउन सम्भव नै नरहेकाले गठबन्धनमा जानै पर्ने अवस्था रहेको धारणा राखे । नहाले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने आँट गर्नुपर्ने र गठबन्धन गर्नैपरे निर्वाचन पछि मात्रै गर्नुपर्ने जिकिर गरे ।