सांकेतिक तस्वीर

देश/प्रदेश

दार्चुलामा एक बालिकाको शव फेला 

By खबरहब

July 25, 2023

धनगढी– दार्चुलामा एक बालिकाको शव फेला परेको छ। जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर ४ डोकटस्थित महाकाली नदीको किनारमा एक बालिकाको शव फेला परेको हो। 

सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार महाकाली नदीको किनारमा नाम थर, वतन नखुलेकी अन्दाजी १४-१५ वर्षीया बालिकाको शव मंगलबार दिउँसो फेला परेको हो। 

घटनाको प्रहरीले थप अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ ।