फाइल तस्वीर

राजनीति

रूपान्तरण अभियानले पार्टीलाई थप बलियो बनाएको छ : शेखर कोइराला

By खबरहब

July 25, 2023

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी रूपान्तरण अभियानले पार्टीलाई थप बलियो बनाएको बताए ।

कांग्रेस पूर्वजिल्ला सभापतिले बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक चुनौती र नेपाली कांग्रेसको दायित्व’ विषयक विचार गोष्ठीमा उनले पार्टी रूपान्तरणका सिलसिसिलामा आएका सुझावलाई कार्यान्वयन गर्न सके पार्टी झन् बलियो हुने बताएका हुन् ।

नेता डा कोइरालाले कांग्रेसलाई विधानअनुसार अगाडि बढाउन सके पार्टीभित्रको चुनौती कम हुँदै जाने उल्लेख गरे । उनले भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए कांग्रेसको औचित्यसमेत समाप्त हुने बताए । “जता हे¥यो त्यतै भ्रष्टाचार भएको देखिन्छ, भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए कांग्रेसको औचित्य समाप्त हुन्छ”, उनले भने ।

फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको उनको भनाइ थियो । नेता डा कोइरालाले केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टीलाई विधि र विधानसम्मत रूपमा चलाउने विश्वास व्यक्त गरे ।

कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकको रूपान्तरणका लागि पार्टीभित्र रूपान्तरणको खाँचो रहेको बताएका हुन् । “कांग्रेसभित्र रूपान्तरणको मुद्दा सकिएको छैन, १५औँ महाधिवेशनमा पार्टीको नेतृत्व बदल्ने हो”, उनले भने ।