देश/प्रदेश

पहिरोले मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध

By खबरहब

August 25, 2023

मुग्लिन – पहिरो खसेसँगै मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दिखोलामा शुक्रबार साँझ पहिरो खसेसँगै सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको हो।

हाल पहिरो पन्छाउने कार्य सुरु भैसकेको र पहिरो पन्छाएर सडक खुलाउन करिब २ घण्टा लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। सडक अवरुद्ध भएसँगै यात्रु अलपत्र परेका छन्।