राजनीति

‘मर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ’

By खबरहब

September 25, 2023

विराटनगर– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मर्यादाविपरीत काम गर्ने जोकोहीलाई पनि कानूनी दायरमा ल्याउने बताएका छन् । 

प्रेस सेन्टर मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले सीमा क्षेत्रमा हुने तस्करी तथा अवैध कारोबारलाई पूर्णरुपमा बन्द गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको बताए ।

गृहमन्त्री श्रेष्ठले सीमाक्षेत्रमा निगरानी बढाएकै कारण राजस्वमा वृद्धि भएको भन्दै पहिचानसहितको संघीयता अपरिहार्य भएको बताए।

 उनले सरकारले सुशासनको अभियानलाई निरन्तरता दिएको भन्दै सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बताए।