देश/प्रदेश

पोखराको मणिपाल अस्पतालमा डाक्टर कुटेको आरोपमा एक जना पक्राउ

By खबरहब

September 25, 2023

पोखरा- पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । एक जना ५७ वर्षीय महिलाको मृत्यु भएको विषयलाई लिएर डाक्टरमाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

लमजुङकी ती महिलाको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तले डा. अनिल शाहमाथि कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोडसमेत गरेका थिए ।

डाक्टरमाथि कुटपिट भएपछि मणिपाल अस्पताल तनावग्रस्त भएको छ । तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिन अस्पताल क्षेत्र आसपास प्रहरी परिचालन गरिएको छ ।