तस्विर - बीबीसी

अन्तर्राष्ट्रिय

किर्गिजस्तानको विकासमा सघाउन चीन इच्छुक : चिनियाँ प्रधानमन्त्री

By खबरहब

October 25, 2023

बिस्केक– चिनियाँ प्रधानमन्त्री ली छ्याङले उच्च गुणस्तरको बेल्टमा केन्द्रित भएर किर्गिजस्तानको पूर्वाधार विकासमा चीन साथ दिन तयार रहेको बताएका छन् ।

आर्थिक तथा व्यापारिक सहयोगको दायरा विस्तार गर्न पनि चीन इच्छुक रहेको उनको धारणा छ ।  

किर्गिस्तानका राष्ट्रपति सदिर जापारोभसँगको भेटमा लीले दुवै पक्षलाई औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरता कायम राख्न, बहुआयामिक कनेक्टिभिटी निर्माण गर्न र चीन–किर्गिजस्तान–उज्बेकिस्तानको रेलवे निर्माणको प्रारम्भिक शुरुवातका लागि काम गर्न पनि आह्वान गरे ।