खेलकुद

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको दुई गोल 

By खबरहब

November 25, 2023

काठमाडौँ– साउदी प्रो लिगमा अल नासरले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नासरले अल ओखदुदमाथि ३–० को जित निकालेको हो ।

अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले दुई तथा सामी अल नाजेईले एक गोल गरेका थिए ।

नाजेईले खेलको १३औँ मिनेटमा सुरु गरेको अग्रतालाई ७७औँ र ८०औँ मिनेटमा गोल गरेका रोनाल्डोले खेललाई ३–० को स्थितिमा पुर्‍याए ।

यो जितसँगै अल नासर १४ खेलबाट ३४ अङ्कका साथ लिगको शीर्षस्थानमा रहेको छ ।