देश/प्रदेश

बर्दियामा आगलागी, चार जनाको मृत्यु

By खबरहब

November 25, 2023

बर्दिया– बर्दियामा आगलागीमा परी चार जनाको मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरस्थित एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको हो । घटनामा एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृत्यु हुनेमा १८ महिनाका शिशु कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको रहेका छन् । 

आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।