फोटो फिचर

नारायणहिटी अगाडि रैथाने हाट (फोटो फिचर)

By खबरहब

November 25, 2023

काठमाडौं– नारायणहिटी राजदरबार अगाडिको दरबारमार्ग एरिया विदेशी पर्यटकसमेत आइरहने ठाउँ हो । यो एरियामा रैथाने तरकारीको हाटबजार लाग्छ भन्ने सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर, दरबारमार्गको ओरियन्ट क्याफेको गेटभित्र हरेक शनिबार मानिसहरुले हिमाली भेगको कृषि सामग्रीहरु किन्न पाउँछन् ।

ओरियन्ट क्याफेले उपलब्ध गराएको स्थानमा ‘रैथाने कृषि हाटबजार’ नामक संस्थाले स्टलहरु दिएर विभिन्न किसिमका सामग्रीहरु बिक्री गर्ने गगरिएको हो । यहाँ हुम्ला जुम्माको दालदेखि लिएर टिमुर, शिलाजित लगायतका खाद्य सामग्री किन्न पाइन्छ । काठमाडौं ठेकी, हर्पेदेखि लिएर बाँसको काँइयो र थाक्रोसमेत किन्न पाइन्छ ।

शनिबार दरबारमार्गको यो हाटबजार भर्न जाँदा देखिएका केही दृश्यहरु–