सांकेतिक तस्बिर

देश/प्रदेश

बारामा शिक्षक मृत फेला

By खबरहब

November 25, 2023

बारा- बाराको सिम्रौनगढ नगरपालिकामा एक जना शिक्षक मृत फेला परेका छन् । सिन्धुपाल्चोक घर भएका शिक्षक नरेन्द्र पराजुली शुक्रबार साँझ मृत फेला परेका हुन् ।

उनी सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ मा रहेको नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय, कचोर्वामा कार्यरत थिए । उनी नगरपालिकाको वडा नम्बर ९ नयाँ बजारमा मृत अवस्थामा फेला परेको बारा प्रहरीको भनाइ छ ।

उनको मृत्यु कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ ।

पराजुलीले विगत पाँच महिनादेखि तलब पाएका थिएनन् । उनी तलब नपाएपछि आन्दोलनरत थिए ।