खेलकुद

नेपाल सुपर लिग : ललितपुरको विजयी सुरुवात

By खबरहब

November 25, 2023

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटीले विजयी सुरुवात गरेको छ । शनिबार भएको दोस्रो खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई २–० ले पराजित गर्दै प्रतियोगितमा सुखद् सुरुवात गरेको हो ।

ललितपुरले दुबै गोल पहिलो हाफम नैगरेको थियो । उसका लागि खेलको २६ औं मिनेटमा दिनेश हेन्जन र ३२ मिनेटमा अनन्त तामाङले गोल गरे । त्यसपछि भने खेलमा कुनै गोल हुन सकेन । जितसँगै ललितपुरले ३ अंक जोडेको छ ।

यसअघि एनएसएल अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई १–० ले पराजित गरेको थियो ।