देश/प्रदेश

दाङमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

By खबरहब

November 25, 2023

दाङ – दाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-१९ सग्रामका १८ वर्षका बिराज विकको मृत्यु भएको प्रहरीले जनाएको छ। तुलसीपुरको सातकुलेबाट सग्रामतर्फ जाँदै गरेको लु ३ त ९६६६ नम्बरको ट्याक्टर शनिबार दिउँसो २ बजेतिर अनियन्त्रित भई नालामा पल्टिएको थियो।

सोही ट्याक्टरले च्यापिएर घाइते भएका विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए।

दुर्घटनमा ३१ वर्षीय सुरेन्द्र केसी सामान्य घाइते भएका छन् । प्रहरीले ट्याक्टर चालक २६ वर्षीय सन्तोष नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।