फाइल तस्वीर- एएफपी

भारत / चीन / सार्क

हाम्रे देशमा पाकिस्तानी तालिबानको उपस्थिती छैन : अफगान तालिबान

By खबरहब

November 25, 2023

काबुल- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले आफ्नो मुलुकमा पाकिस्तानी तालिबानको उपस्थिती रहेको भनी पाकिस्तान सरकारले लगाएको आरोप खण्डन गरेको छ । मुलुकका जनताको ध्यान भड्काउनका लागि पाकिस्तान सरकारले आफ्नो मुलुकमा तहरिक ए तालिबान पाकिस्तान भनिने पाकिस्तानी तालिबानको उपस्थिती रहेको आरोप लगाएको अफगान तालिबानको भनाइ छ ।

अफगानिस्तानको टोलो न्यूजले जनाएअनुसार अफगान तालिबान सरकारका प्रवक्ता जबिहउल्लाह मुजाहिदले आफ्नो मुलुकमा सुरक्षा बहाल गर्न असफल भएपछि पाकिस्तान सरकारले आफ्नो मुलुकमाथि आरोप लगाएको टिप्पणी गरेका छन् । पाकिस्तान सरकारले पाकिस्तानी भूमिमा भएका आक्रमण रोक्न असफल भएसँगै आफ्ना जनताको भड्काउन अफगानिस्तानमाथि यस्तो आरोप लगाएको बताए ।

यसअघि पाकिस्तानका कामचलाउ प्रधानमन्त्री अनवर उल हक कक्करले अफगान तालिबानलाई अफगानिस्तानमा रहेका पाकिस्तानी तालिबानविरुद्ध कारवाही गर्न वा उनीहरुलाई आफ्नो जिम्मा लगाउन चुनौति दिएका थिए ।

उनले पाकिस्तानमा हुने आतंकवादी गतिविधिविरुद्ध अफगान तालिबानको निष्कृयता अस्वकार्य रहेको समेत बताएका थिए । अफगान तालिबानले बारम्बार आफ्नो भूमि अन्य मुलुकविरुद्ध प्रयोग हुन नदिने बताउँदै आएको छ ।