फाइल फोटो

आर्थिक

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

December 25, 2023

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको  स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार  छापावाल सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि  स्थिर रहेको छ । आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।