फाइल तस्वीर

ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्डले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

By खबरहब

December 25, 2023

 काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले (भोलि) मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन्  ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्।

उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए ।