खेलकुद

प्रधानमन्त्री कप महिला टी-२० मा मधेश प्रदेशको पहिलो जित

By खबरहब

December 25, 2023

काठमाडौँ– जारी प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई २७ रनले पराजित गरेको हो ।

मधेश प्रदेशले दिएको ११३ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले १९.४ ओभरमा अल आउट हुँदै ८५ रन बनाएपछि मधेश प्रदेश २७ रनले विजयी भएको हो । 

यस अघि मधेश प्रदेशले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर ११२ रन बनाएको थियो । यो जारी प्रतियोगितामा मधेश प्रदेशको पहिलो जित हो । मधेश प्रदेशको ४ खेलमा २ अंक हासिल गर्दै सातौँ स्थानमा रहेको छ ।

 त्यस्तै गण्डकी प्रदेशको भने ४ खेलमा २ अंक रहेको छ र अंकतालिकामा पाँचौं स्थानमा रहेको छ । अब मधेश प्रदेशले बुधबार सुदूरपश्चिम प्रदेशसँग खेल्ने छ भने गण्डकी प्रदेशले बुधबार नै कोशी प्रदेशको सामना गर्ने छ ।