खेलकुद

प्रधानमन्त्री कप महिला टी-२० : बागमतीमाथि सुदूरपश्चिम ६ विकेटले विजयी

By खबरहब

December 25, 2023

काठमाडौँ– जारी प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।

बागमती प्रदेशले दिएको ८८ रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले १९ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गरेको बागमती प्रदेशले २० ओभरमा ८ विकेट गुमाउँदै ८७ रन बनाएको थियो ।

यो जितपछि सुदूरपश्चिम प्रदेशको ४ खेलमा ६ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै बागमती प्रदेशको ४ खेलमा ४ अंक रहेको छ र अंकतालिकामा चौथो स्थानमा रहेको छ ।

अब अर्को खेलमा सुदूरपश्चिम प्रदेशले बुधबार मधेश प्रदेशसँग खेल्ने छ भने बागमती प्रदेशले बुधबार नै लुम्बिनी प्रदेशसँग खेल्ने तालिका रहेको छ ।