खेलकुद

प्रधानमन्त्री कप महिला टी-२० मा एपीएफको लगातार चौथो जित

By खबरहब

December 25, 2023

काठमाडौँ– जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगितामा विभागीय टोली एपीएफले कोशी प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा एपीएफले कोशी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।

कोशी प्रदेशले दिएको ८५ रनको लक्ष्य पछाएको एपीएफले १७.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि कोशी प्रदेशले पहिला ब्याटिङ गर्दै २० ओभरमा २ विकेट गुमाएर ८४ रन बनाएको थियो ।

यो यस प्रतियोगितामा एपीएफको लगातार चौथो जित हो । यो जितपछि ४ खेलमा ८ अंकसहित एपीएफ शीर्ष स्थानमा कायम रहेको छ । त्यस्तै कोशी प्रदेशको भने यो खेलपछि ४ खेलमा ६ अंक रहेको छ र तेस्रो स्थानमा झरेको छ ।

अब एपीएफले अर्को खेल बुधबार कर्णाली प्रदेशसँग खेल्ने छ भने कोशी प्रदेशले बुधबार नै गण्डकी प्रदेशसँग खेल्ने छ ।